बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)
ratopati.com · Tue Sep 15 01:27:56 GMT 2026

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा निर्माणका कारण प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छ।
बागमती प्रदेशमा काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सडकखण्ड प्रभावित छन्। काभ्रेमा सम्भावित बाढीका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारी साधन प्रभावित भएका छन्। उक्त सडकखण्डमा सूचना नभएसम्मका लागि आवागमन रोकिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)