राष्ट्र बैंकको नयाँ व्यवस्था : जलवायु परिवर्तन, साइबर हमला र एआईसमेत बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनको दायरामा
aarthiknews.com

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थालाई व्यापक रूपमा परिवर्तन गर्दै जलवायु परिवर्तन, साइबर हमला, प्रणाली अवरुद्ध हुने जोखिमदेखि कृत्रिम बौद्धिकता (एआई) को प्रयोगसम्मलाई नियमनको दायरामा ल्याएको छ। अब बैंक तथा वित्तीय संस्थाले कर्जा, बजार, तरलता र सञ्चालन जोखिमसँगै बदलिँदो प्रविधि र वातावरणीय संकटबाट सिर्जना हुने जोखिमलाई समेत संस्थागत रूपमा पहिचान, मूल्याङ्कन र व्यवस्थापन गर्नुपर्ने भएको छ।
राष्ट्र बैंकले सन् २०१८ मा जारी गरेको ‘जोखिम व्यवस्थापन मार्गदर्शन’लाई विस्थापन गर्दै नयाँ ‘जोखिम व्यवस्थापन मार्गदर्शन, २०२६’ कार्यान्वयनमा ल्याएको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी जारी गरिएको नयाँ व्यवस्थाले बैंकको जोखिम व्यवस्थापनलाई सञ्चालक समिति तहदेखि दैनिक कारोबार गर्ने व्यावसायिक एकाइसम्म विस्तार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)