गोरखा नगरपालिकाका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रीसँग तीन अर्बभन्दा बढीको बजेट माग
ratopati.com · Wed Mar 27 17:22:00 UTC 2024

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोरखा नगरपालिकाका जनप्रतिनिधिसहितको टोलीले सिंहदरबारमा आज भेटघाट गरी नगर क्षेत्रको विकासका लागि विभिन्न योजना कार्यान्वयनमा सहयोग पुर्याउन आग्रह गरेको छ ।
गोरखा क्षेत्र नम्बर २ का सांसदसमेत रहेका प्रधानमन्त्रीलाई भेटेर नेपालको इतिहास झल्कने गरी गोरखामा ऐतिहासिक सङ्ग्रहालय उद्यान निर्माणसहित अन्य दीर्धकालीन योजनाको प्रस्ताव गर्दै बजेट माग गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)