वर्गीकरण गरेर बन्चरेडाँडामा जाने फोहरको परिमाण घटाइने
baahrakhari.com · Wed Mar 27 18:01:00 UTC 2024

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाको फोहरमैलाको वर्गीकरण गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा जाने फोहरको परिमाणलाई कम गर्ने गरी स्थानीय तहसँग समन्वय गर्ने बताएका छन् ।
मन्त्रालयमा आज भएको बैठकमा मन्त्री बुढाले बन्चरेडाँडामा फोहर बिर्सजन गरिरहेका सबै स्थानीय तहलाई यथाशीघ्र फोहरमैला वर्गीकरण गरी ल्यान्डफिल साइटमा जाने फोहरको परिमाण कम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)