मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी आक्रमण विफल पार्न युक्रेनलाई अमेरिकाले गोप्य सूचना दिँदै

baahrakhari.com · Wed Apr 27 22:15:00 GMT 2022

वासिङटन । रुसी आक्रमणको क्रममा अमेरिकाले युक्रेनी फौजलाई गोप्य सूचना दिएर सहयोग गर्ने गरेको खुलासा भएको छ । पूर्व तथा वर्तमान अमेरिकी अधिकारीहरूले एनबीसी न्युजलाई दिएको जानकारीअनुसार अमेरिकाले कहिले र कुन स्थानमा रुसी क्षेप्यास्त्र र बम प्रहार हुन लागेका छन् भन्नेबारे युक्रेनी फाजैलाई विस्तृत सूचना दिने गरेको छ । जसले गर्दा युक्रेनले समयमै हवाई प्रतिरक्षा कार्यान्वयन र विमानलाई खतराको बाटोबाट पन्छाउन सफल हुने गरेको छ ।

यस्तो महत्वपूर्ण र सटिक सूचनाका कारण युद्धका सुरुआती दिनहरूमा युक्रेनले सयौँ फौज बोकेको रुसको एउटा पारवहन सैनिक विमान खसाल्न सकेको र किभ नजिकको एउटा महत्वपूर्ण विमानस्थलमा रुसी हमला असफल बनाउन सकेको पनि ति अधिकारीहरूले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)