नेवानिको जहाज एक महिनादेखि इटालीमा
gorkhapatraonline.com · Tue Sep 15 01:37:13 GMT 2026

नेपाल वायुसेवा निगमको वाइडबडी नाइन एन एलजेट ‘मकालु’ जहाज एक महिनादेखि इटालीमा रोकिएको छ । नियमित विस्तृत परीक्षण (सी–चेक) का लागि साउन २४ गते इटाली पुगेको उक्त जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि समयमै मर्मत हुन नसक्दा ३५ दिनदेखि उतै रोकिएको हो ।
निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार साउन २४ गते इटाली पुगेको उक्त जहाज भदौ १५ गते नेपाल फर्किने तालिका थियो तर सी–चेकका क्रममा जहाजको दायाँ इन्जिनको अटो ब्रेकिङ सिस्टममा समस्या देखिएपछि आवश्यक पार्ट फेर्नुपर्ने अवस्था आएको र उक्त पार्ट तत्काल इटालीमा उपलब्ध नभएपछि जहाजको मर्मत अवधि लम्बिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)