मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

nepalnews.com · Tue Jun 23 02:29:24 GMT 2026

काठमाडौँ। इर्लिङ हाल्यान्डको उत्कृष्ट प्रदर्शनले नर्वेले दोस्रो खेलमा सेनेगललाई ३–२ ले हराउँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे।

नर्वेको जितमा एर्लिङ हलाण्डले दुई गोल गरे भने मार्कसले १ गोल गरे। हलाण्डले खेलको ४८ औँ ५८ औँ मिनेटमा गोल गरेका थिए। विश्वकपका हालसम्मका खेलमा हलाण्डले चार गोल गरेका छन्।

यस्तै, मार्कसले ४३ औँ मिनेटमा गोल गरेका थिए। यस्तै, सेनेगलका लागि इसामेल सारले २ गोल गरे। उनले खेलको ५१ औँ मिनेट र इन्जुरी टाइममा गोल गरेका थिए।

२८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो। नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो। त्यसयता छनोट हुन सकेको थिएन।

जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ। समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ। नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन्। दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय