रसुवा नाका बन्द भएपछि तातोपानी र हिल्सा नाकामा बढ्यो यात्रुको चाप
kendrabindu.com · Tue Sep 15 01:44:50 GMT 2026

काठमाडौं। भोटेकोशी बाढीका कारण रसुवागढी नाका अवरुद्ध भएसँगै चीनको वैकल्पिक नाकाबाट चार हजार बढी नेपाल फर्किएका छन्। अध्यागमन विभागका अनुसार भदौ २९ गतेसम्म ३९ सय चारजना तातोपानी नाका हुँदै नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेमा १ हजार ७३३ जना महिला छन्। सोही अवधिमा ३९१ जना तातोपानी हुँदै चीनतर्फ प्रस्थान गरेका छन् ।
यस्तै, हिल्सा नाका हुँदै ३८७ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये १६५ जना रसुवागढी हुँदै चीन गएका यात्रु रहेको विभागले जनाएको छ । सो अवधिमा हिल्सा हुँदै १७८ जना चीनतर्फ प्रस्थान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)