मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले नेपाललाई दिए अर्काे झडका, अनुदानमा समृद्धिको सपनामा तुसारापात

barnanmedia.com · Tue Feb 18 21:24:11 GMT 2025

डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल ह्वाइटहाउस प्रवेश गरेको दुई महिना नहुँदै नेपालले दुई झडका भेटेको छ। ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै विश्वलाई नै चकित पार्नेगरी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) तीन महिनाका लागि स्थगित गरिदिए। नेपाललाई अनुदान सहायताबाट प्राप्त परियोजना ठप्प भए, नेपालमा रहेका युएसएडका कर्मचारी फिर्ता गइसकेका छन्। सम्भवत अब अदालतको आदेश छुट्टै हो नत्र यो परियोजना कार्यान्वयनमा आउने छैन। युएसएडका कर्मचारीलाई विदा दिइएको छ भने मुख्यालयमा रहेको बोर्ड हटाइसकिएको छ।

यो अनुदान कार्यक्रम थियो। युएसएडमार्फत् नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत क्षेत्रमा लगानी भइरहेको थियो। प्रतिफल कति आयो र ककसले अनुदान पचाए त्यो छुट्टै पाटो छ। तर, कुनै न कुनै हिसावले नेपालजस्ता गरिब देशमा पैसा गइरहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)