योगेश भट्टराई नाफाखोर व्यापारीको सती किन जाँदै छन् ?
barnanmedia.com · Tue Feb 18 21:27:11 GMT 2025

योगेश भट्टराई नेकपा एमालेको युवा पंक्तिमा तुलनात्मक रूपमा केही आसलाग्दा नेतामा गनिन्छन् । तर उनी आफैँ भने आम आशामाथि तुषारापात गर्दै हिँडेका छन् । रैथाने जनताको आस्थामाथि खेलवाड गर्दै छन् । र एउटा नाफाखोर व्यापारीको स्वार्थमा आफू सती जाँदै छन् । किनभने पाथीभरामा केबलकार बनाउनैपर्ने उनको अडान अत्यन्त अस्वाभाविक, अप्राकृतिक र सन्दिग्ध प्रकृतिको छ ।
भट्टराईले पाथीभरामा केबलकार जडान गर्न दिनुपर्ने भन्दै पत्रकार सम्मेलन मात्र गरेनन्, हरेक दिनजसो अभिव्यक्ति दिँदै हिँडेका छन् । विभिन्न शक्तिकेन्द्र धाइरहेका छन् । र, प्रकृति र संकृति जोगाउनका लागि गरिएको स्थानीय बासिन्दाको संघर्ष र अभियान तुहाउन उनी अनेक प्रयास गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)