‘भण्डारण तथा बिक्री–वितरण’ भइरहेको २७ सय ७० थान भेपसहित ४ पक्राउ
himalpress.com · Tue Sep 15 01:53:48 GMT 2026

काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रबाट प्रतिबन्धित विद्युतीय चुरोट (भेप)सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। भेप भण्डारण तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट दुई हजार ७७० थान भेप बरामद गरेको छ। पक्राउ पर्नेमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौँका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठ छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)