मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राससले नयाँ प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताको निष्ठा कायम गर्ने विश्वास छ: सभामुख

barnanmedia.com · Tue Feb 18 22:12:49 GMT 2025

काठमाडौँ, ७ फागुनः सभामुख देवराज घिमिरेले राष्ट्रिय समाचार समिति (रासस) ले आगामी दिनमा पनि नयाँ प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताको निष्ठा कायम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पत्रकार, कर्मचारी, व्यवस्थापन तथा सेवाग्राहीमा आज हार्दिक शुभकामना व्यक्त गर्दै राससले राज्यको आधिकारिक समाचार संस्था भएर सत्यतथ्य, विश्वसनीय र निष्पक्ष सूचना प्रवाह गरी जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आएको उल्लेख गर्नुभएको छ । सभामुख घिमिरेले राससको वार्षिकोत्सवका अवसरमा संस्थालाई आजको दिनसम्म ल्याउन योगदान दिने स्थापनाकालदेखि आजसम्मका सबैको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)