बारम्बार विद्युत् अवरुद्ध हुँदा हुम्लाका सेवाग्राही मर्कामा
gorkhapatraonline.com · Tue Jun 23 02:42:24 GMT 2026

सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रअन्तर्गत बारम्बार विद्युत् जाने समस्या बढेपछि सेवाग्राही मर्कामा परेका छन्। पावर हाउसको मेसिनमा समस्या देखिए पनि वास्तविक कारण पत्ता लगाउन नसकिएकाले विद्युत् आपूर्तिमा समस्या भइरहेको हो।
सिमकोट बजारकी उपभोक्ता सौरिकला रावतले प्रत्येक १० देखि १५ मिनेटको अन्तरालमा विद्युत् जाने–आउने समस्याले दैनिक कामकाज प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार तीन–चार दिनयता यस्तो समस्या झन् बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)