उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति चयन
kendrabindu.com · Tue Jun 23 02:45:27 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न समिति तथा परिषदमा सभापति चयन भएका छन् । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले विभिन्न परिषद, फोरम र समितिमा सभापति नियुक्त गरेका हुन् ।
महासंघको सल्लाहकार समितिको सभापतिमा महेशलाल प्रधान, एफएनसीसीआई विज्ञता परिषदको सभापतिमा कुश कुमार जोशी चयन भएका छन् । उनीहरु दुबै जना महासंघका पूर्व अध्यक्ष हुन् । उद्योग वाणिज्य परिषदको सभापतिमा उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा अर्का उपाध्यक्ष दीलसुन्दर श्रेष्ठ चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)