चक्कु प्रहार गरी भक्तपुरमा एक जनाको हत्या
corporatenepal.com · Tue Jun 23 02:37:46 GMT 2026

भक्तपुर । भक्तपुर नगरपालिका–१, नगरकोट क्षेत्रमा सामान्य विवादले उग्र रूप लिँदा एक युवकको ज्यान गएको छ। गएराति करिब १० बजेतिर भएको झडपका क्रममा चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका थिए।
महोत्तरीको मिथिला नगरपालिका–९ स्थायी घर भएका तथा हाल नगरकोट मोडमा बसोबास गर्दै आएका २८ वर्षीय आकाश रसाइलीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ। घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल, सिनामंगल लगिएको थियो। उपचारकै क्रममा आज बिहान ६:१५ बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
Advertisement
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका–१३ का ३१ वर्षीय आयुष कार्की, झापा दमक नगरपालिका–३ का २७ वर्षीय दोर्जे शेर्पा तथा गुल्मी तम्घासका ३५ वर्षीय रमेश कुँवर रहेका छन्। उनीहरू हाल भक्तपुरको सल्लाघारी क्षेत्रमा बसोबास गर्दै आएका थिए।
प्रहरीले घटनाको कारण र संलग्नताको विषयमा थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ