कृष्णभीरमा ट्र्याक निर्माण अन्तिम चरणमा
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोले अवरुद्ध सडक खुल्न अन्तिम चरणमा पुगेको छ। ११औँ दिनको ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माण कार्यसँगै असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी थालिएको छ।
निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार ३०० मिटर लामो र ७.५ मिटर चौडा संरचनाको सब–बेस फिनिसिङ हुँदैछ। परीक्षण सफल भए पनि थप जोखिमका कारण ट्र्याक अहिले पूर्ण बन्द छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)