जेनजी युवाहरूको हत्याको न्यायिक छानबिनका लागि प्रधानमन्त्रीको राजीनामा जरुरी
barnanmedia.com · Mon Sep 08 21:33:32 GMT 2025

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध यसरी युवा जमात जुरुक्क विरोधमा उत्रिएको नेपालमा पहिलो घटना हो। अनि आन्दोलनमा उत्रिएकामाथि भएको दर्दनाक दमन र एकै दिन १९ जना मारिएको घटना पनि पहिलो हो। १९ दिन चलेको ०६२÷०६३ को जनआन्दोलनमा पनि यति मान्छे मारिएका थिएनन्। तर, नयाँ बानेश्वरमा १७ युवा मारिए अनि इटहरीमा दुई। सयौं जना अस्पताल पुगेका छन्।
सत्ता र राजनीति प्रति यसरी आममानिसमा वितृष्णा जागेको हिजोआजका घटनाले मात्र होइन। ३०औं वर्षदेखि पालैपालो सत्ता हाकिरहेका केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादवहरूका कारण हो। देशमा विकास छैन, भ्रष्टाचार मात्र छ। जनताका छोराछोरीले सिटामोल पाउँदैनन् नेताका छोराछोरीको जीवन अैसआराममा छ। अनि, आन्दोलनमा नआएर के गरुन्। तर,बिहान स्कूल कलेज हिँडेका युवा घर, डेरा फर्कन पाएनन्। घरका बाबुआमा पर्खेको पर्खै भए। छोराछोरीको सपना साकार पार्न एक छाक खाएर गाउँमा बसेका बुवाआमाले त पत्तै पाएनन्, हाम्रा छोराछोरी राज्य दमनबाटै मारिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)