मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहरको रहरले रित्तिदै गाउँबस्ती

rajdhanidaily.com · Wed Mar 27 23:34:40 UTC 2024

हाम्रो मुलुकमा बसाइँसराइ एउटा ठूलो समस्याका रूपमा देखिएको छ । हिमालबाट पहाड, पहाडबाट तराई, तराईबाट बजार तथा सहरी क्षेत्र हुँदै विदेशमा बसाइँसराइ गर्नेहरूको क्रम दिनानुदिन बढिरहेको छ । त्यसो त समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा मानिसले स्वाभाविक रूपमा सुविधाहरूको खोजी गरिरहेको हुन्छ । बसाइँसराइमा आकर्षण र विकर्षण गर्ने विभिन्न तत्वहरू हुन्छन् । शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विभिन्न सुविधाहरूले मानिसलाई सुविधा भएको ठाउँतिर तानिरहेको हुन्छ । यो समाजको गतिशील प्रक्रिया हो । तर पनि हाम्रो मुलुकको सन्दर्भमा बसाइँसराइ नियन्त्रण नहुने हो भने रित्तिँदै गरेका गाउँबस्तीहरू अझै उजाड हुनेमा दुईमत छैन ।

त्यसो त प्राय गाउँहरू पहिलेको तुलनामा सुगम छन् । पहिलेको तुलनामा विकासका पूर्वाधारको पहुँच पुगेको छ । पहाडी क्षेत्रका धेरै गाउँमा बाटो पुगेको छ । बिजुली बत्ती, खानेपानी, सञ्चारजस्ता सुविधाहरू पुगेका छन् । तथापि, जनतालाई यी उपलब्धीहरूले आप्mनै गाउँ, ठाउँमा रोक्न सकेको छैन । एक, डेढ दशकअघिसम्म उत्पादनमा आत्मनिर्भर हुने गाउँहरू उजाड बन्दै गइरहेका छन् । खेतबारीहरू बाँझिएका छन् । पशुपन्छी पालन धरासायी भएको छ । आध्यात्मिक चेतनाको पर्याय नेपाली समाजमा आजभोलि गाउँघरमा जन्म, विवाह, मृत्यु, पूजाआजा, व्रतबन्ध, आदि धार्मिक कार्यहरूमा आवश्यक पर्ने गाईको दूध, घिउ, गोबर गहुँत आदि पाउने अवस्था छैन । बसाइँसराइका कारण गाउँका विद्यालयहरूमा विद्यार्थीहरूको संख्या घट्दो छ । कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीभन्दा शिक्षकहरू बढी भएका समाचारहरू आउने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)