सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
ratopati.com · Tue Jun 23 02:57:30 GMT 2026

बाँके । पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् ।
राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकी छिन् । उनले चार कट्ठा खेतमा धान रोपेकी छिन् भने बाँकी नौ कट्ठा खेतमा आज रोपाइँ सक्ने तयारी रहेको बताछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)