एमाले कास्कीमा खगराज गुट हावी
rajdhanidaily.com · Wed Mar 27 23:40:45 UTC 2024

पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशनबाट खगराज अधिकारीनिकटका उम्मेदवारले बाजी मारेका छन् । केही महिनाअघि एमाले गण्डकीको चुनावमा भने अर्का गुट पृथ्वीसुब्बा गुरुङ प्यानलले चुनाव जितेको थियो ।
५ दिनदेखि पोखरामा भएको अधिवेशनअन्तर्गत अनेक सहमति प्रयास विफल बनेपछि इलेक्ट्रिक भोटिङ आधारमा नेतृत्व छिनोफानो लगाइएको हो । मतदानमा खगराजनिकट उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । पदाधिकारीमा अधिकारी समूह नै हावी हुँदा अन्य अधिकांश पदमा पनि सोही समूहका उम्मेदवारले चुनाव जिते ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)