मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक कारबाहीमा मंगलबार मात्रै २२ लाख ९६ हजार राजस्व संकलन

nepalnews.com · Tue Jun 23 02:58:07 GMT 2026

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ७९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४७, संकेत बत्ती उल्लंघनकर्ता १५४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १२२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६८८ जनालाई कारबाही गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)