मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

‘अब कोहीसँग डराएर खेल्नुपर्दैन’

ekantipur.com · Thu Jun 22 00:42:52 GMT 2023

बेंगलुरु — नेपालले पहिलो हाफ सुतेर खेलेजस्तै थियो भने दोस्रो हाफ भने ब्युँझिएर खेलेजस्तै भयो । पहिलो हाफको खेल दोहोर्‍याउने हो भने नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कहिल्यै राम्रो गर्न सक्ने छैन । तर होइन, दोस्रो हाफमा जस्तै खेल्ने हो भने कुवेत जत्तिको टिमलाई त दबाबमा राख्न सक्छ भने अरूको के कुरा ?

साफ च्याम्पियनसिप २०२३ मा नेपाल बुधबार कुवेतको हातबाट कान्तिभरा रंगशालामा ३–१ ले पराजित रह्यो, त्यसै खेलको दोस्रो हाफको विश्लेषण गर्दै मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भने, ‘नेपालले अब कोहीसँग डराएर खेल्नुपर्दैन ।’उनले के माने भने पहिलो हाफमा नेपाली खेलाडीले केही डराएर खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)