जबजको परिस्कृत रुप- डिजिटल समाजवाद
nepalpress.com · Tue Sep 15 02:22:52 GMT 2026

१. नेपालमा कम्युनिस्ट पार्टीको स्थापना– पहिलो वैचारिक मोड
जहानियाँ राणा शासनका विरुद्ध गङ्गालालसहितका चार शहीदहरूको शाहसिक इतिहासले निर्माण गरेको विद्रोहको पृष्ठभूमिमा विक्रम सम्वत २००४ सालको जयतु संस्कृतम् आन्दोलनले विद्रोहको जग उठायो । सामन्तको नायक भनिएको राजतन्त्रमा राजाका अधिकार समेत खोसेर श्री ३ अधिकार जमाएको राणातन्त्रका विरुद्ध नेपालका राजाले समेत आफ्नो अधिकार खोज्न जनताको सहारा लिनुपरेको अवस्थाको विश्लेषण गर्दै समाजको चरित्र अर्ध सामन्ती रहेको र आफ्नो देशको सरकारको क्याबिनेट बैठकमा अर्को देशको प्रतिनिधि बसेर निर्णयमा प्रतिकूल असर पार्ने गरेको दृष्टान्तलाई मध्यनजर गर्दै हाम्रो देश पूर्ण रूपमा स्वतन्त्र नभई अर्ध औपनिवेशिक रहेको उल्लेख गर्दै यसको उन्मुक्तिका लागि कम्युनिस्ट पार्टी चाहिन्छ भन्ने निष्कर्षका साथ कमरेड पुष्पलालको नेतृत्वमा नेपालमा कम्युनिस्ट घोषणा पत्र जारी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)