मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लोनमा आर्सनलमा रहेका ओडेगार्डलाई क्लबले स्थायी रुपमै राख्यो

nepalipatra.com · Sat Aug 21 06:27:26 GMT 2021

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिडबाट नर्वेली मिडफिल्डर मार्टिन ओडेगार्ड इंग्लिस प्रिमियर लिगको आर्सनलमा अनुबन्धित भएका छन् ।

गत सिजन लोनमा आर्सनल आएका २२ वर्षीय मिडफिल्डरले प्रभावशाली प्रदर्शन गरेपछि लन्डन क्लबले उनलाई स्थायी रूपमा अनुबन्ध गरेको हो । आर्सनलले उनलाई खरिद गर्न ३० मिलियन पाउन्डको हाराहरी खर्चिएको छ । ओडेगार्ड यस ट्रान्सफर विन्डोमा आर्सनल आउने चौथो खेलाडी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)