मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु

shilapatra.com · Tue Jun 23 03:11:00 GMT 2026

झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठकाे मृत्यु भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भोजपुरको आमचोक–९ घर भई उनी स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए ।

आज बिहान आली खन्ने क्रममा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए ।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

०८:५६

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)