मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

nagariknews.nagariknetwork.com · Tue Jun 23 03:13:16 GMT 2026

कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ। चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो।

नगरपालिकाले चालु आवको ११ महिनामा रु आठ करोड ६९ लाख २७ हजार ६९० राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख नन्द केसीले जानकारी दिएका छन् । शाखा प्रमुख केसीका अनुसार चालु आर्थिक वर्षमा रु नौ करोडभन्दा बढी राजस्व सङ्कलन हुनसक्ने अनुमान गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय