जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
gorkhapatraonline.com · Tue Sep 15 02:30:10 GMT 2026

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
बुधबारसम्म दुई दिन सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तनका कारण मुस्ताङसहित हिमाली क्षेत्रमा वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा परिरहेको प्रभावबारे छलफल गरिने घरपझोङ गाउँपालिकाले जनाएको छ। जलवायु परिवर्तनका असर न्यूनीकरण, अनुकूलन तथा स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरोकारवालाबिच अन्तर्क्रिया र छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)