कैलालीमा स्तरीय होटल राति १२ बजेसम्म सञ्चालन गर्न पाइने
ratopati.com · Tue Sep 15 02:40:22 GMT 2026

धनगढी । कैलालीमा प्रदेश सरकारको मापदण्डअनुसार दर्ता भएका स्तरीय होटलले अब राति १२ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्।
यसअघि होटल तथा व्यवसाय राति १० बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था थियो। होटल व्यवसायी संघ कैलाली, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयबीच भएको छलफलपछि स्तरीय होटलको सञ्चालन समय दुई घण्टा थप गर्ने सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)