मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा चक्कु प्रहारबाट युवकको मृत्यु, तीनजना पक्राउ

baahrakhari.com · Tue Jun 23 03:37:00 GMT 2026

काठमाडौं । भक्तपुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । महोत्तरीको मिथिला नगरपालिका–९ घर भई भक्तपुरको नगरकोटमोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार (असार ८) राति करिब १० बजे भक्तपुर नगरपालिका–१, नगरकोटमा युवाबीच झगडा हुँदा रसाइलीमाथि चक्कु प्रहार गरिएको थियो । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मंगलबार (असार ९) बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका–३ का २७ वर्षीय दोर्जे शेर्पा र गुल्मीको तम्घासका ३५ वर्षीय रमेश कुँवर छन् । उनीहरू तीनैजना भक्तपुरको सल्लाघारीमा बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान गरिएको नेपाल प्रहरीले जनाएको छ ।

#मृत्यु

#भक्तपुर

#युवक

#चक्कु प्रहार

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय