चक्कु प्रहारबाट भक्तपुरमा एक जनाको मृत्यु
kendrabindu.com · Tue Jun 23 03:44:58 GMT 2026

काठमाडौं । भक्तपुरमा गएराति चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ। सोमबार राति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैँ झगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-९ घर भइ हाल नगरकोटमोड बस्ने २८ वर्षीय आकाश रसाइली छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका रसाइलीलाई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो।
उनको उपचारको क्रममा आज बिहान सवा ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। रसाइलीलाई चक्कु प्रहार गर्ने उदयपुरको त्रियुगा नगरपालिका-१३ घर भइ हाल भक्तपुर सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की पक्राउ परेका छन्।
उनीसँगै झापाको दमक नगरपालिका-३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवरलाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ