मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकी प्रदेशका दुई वडा लुम्बिनीमा गाभिने

gorkhapatraonline.com · Tue Jun 23 03:45:29 GMT 2026

गण्डकी प्रदेश अन्तर्गत नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाले दुई वटा वडालाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गरेको छ । गाउँपालिकाको १९ औँ गाउँ सभाले विनयीत्रिवेणीका वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको वडा नं. ६ का अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभयो ।

यी दुई वडा भौगोलिक र प्रशासनिक हिसाबले विनयीत्रिवेणीमा आउजाउ गर्न असहज भएको भन्दै दुवै वडाको गाउँ भेलाले गण्डकी प्रदेशबाट छुट्टिने प्रस्ताव गाउँ सभामा लैजाने निर्णय गरेको थियो । सोही अनुसार प्रस्ताव गाउँ भेलामा लगेको र गाउँ भेलाले सर्वसम्मत पारित गरेको अध्यक्ष शाहले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय