राजमार्गमा बाढी–पहिरोको असरः कतै सडक ठप्प, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
ajakoartha.com · Tue Sep 15 03:01:00 GMT 2026

काठमाडौं- बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको हो।
बागमती प्रदेशअन्तर्गत काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सडकखण्ड प्रभावित भएका छन्। काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको छ। उक्त सडकखण्डमा अर्को सूचना नभएसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)