पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना स्वागतयाेग्य - अध्यक्ष ढकाल
arthasansar.com · Tue Sep 15 03:04:18 GMT 2026

स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले नेपाल सरकारका माननीय अर्थमन्त्रीद्वारा सार्वजनिक गरिएको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को स्वागत गरेका छन्। उनले कार्ययोजनालाई नेपालको पूँजी बजारको संरचनात्मक सुधार, लगानीकर्ता संरक्षण तथा दीर्घकालीन विकासका लागि महत्वपूर्ण नीतिगत पहल भएको बताएका छन्।
ढकालले कार्ययोजनामा IPO मा Price Discovery प्रणाली लागू गर्ने, Margin Lending तथा Short Selling कार्यान्वयन गर्ने, Corporate Bond Market को विकास गर्ने, गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा लगानीको अवसर प्रदान गर्ने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा NEPSE, CDSC र धितोपत्र दलाल व्यवसायको आधुनिकीकरण गर्ने व्यवस्था समेटिएको उल्लेख गर्दै यसले नेपालको पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)