मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सडक दुर्घटनाको भयावह तथ्यांक : १५ वर्षमा ३३ हजारको मृत्यु,  ७२ हजार गम्भीर घाइते

ekantipur.com · Sat Jan 27 00:41:26 GMT 2024

काठमाडौँ — सडक दुर्घटनाको खबर सुन्नेबित्तिकै तनहुँका दीपक भण्डारीको मन अतालिन्छ । आफू बसिरहेको ह्विलचियर हेर्छन् । खुम्चिएका हातगोडा नियाल्छन् । घाँटीदेखि मुनिको शरीरलाई महसुस गर्ने प्रयत्न गर्छन् । १४ वर्षअघि सडक दुर्घटनामै परेर मेरुदण्ड पक्षाघात भएपछिको जिन्दगीका उतारचढाव सम्झेर झस्किन्छन् । सम्हालिएर मनमनै कामना गर्छन्, ‘सकभर दुर्घटनै नहोस्, भए पनि मानवीय क्षति नहोस्, भइहाले पनि कसैको मेरुदण्डमा चोट नलागोस् ।’

उनीजस्ता सडक दुर्घटनाका घाइते र सबैको कामना यस्तै हुन्छ । तर, कामनाले दुर्घटना रोकिएका छैनन् । सडक दुर्घटना ५० प्रतिशतले घटाउने सरकारी प्रतिबद्धता दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय घोषणामै सीमित छन् । सडक दुर्घटनाको तथ्यांकले यति भयानक चित्र देखाउँछ कि देशभर दैनिक ५५ सवारीसाधन दुर्घटनामा पर्छन् । सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा (०६५/०६६ देखि ०८०/०८१ मंसिरसम्म) देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ । अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)