भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ जना नेपालीको उद्धार
shilapatra.com · Sat May 30 08:25:21 GMT 2026

भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा बन्धक बनाएर राखिएका ४५३ जना नेपालीलाई सकुशल उद्धार गरी नेपाल ल्याइएको छ । भारतीय प्रहरीसँगको सहकार्यमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोली गएराति कुशीनगर पुगेको थियो । संयुक्त सुरक्षा अभियान सञ्चालन गरी त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले आठवटा भारतीय बसमार्फत बेलहिया नाकाहुँदै नेपाल ल्याइएको जानकारी दिए । उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)