पहिलो अधिवेशनमै कोरम नपुगेर सदन प्रभावित : हाजिरी १६० सांसदको, उपस्थित ५० जना
nayapatrikadaily.com · Sat Feb 25 00:39:00 GMT 2023
२५ पुसबाट सुरु भएको प्रतिनिधिसभाको १२औँ बैठकमा शुक्रबार एक सय ६० जना सांसदले हाजिरी गरेका छन्, तर प्रधानमन्त्रीका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले अनुगमन तथा मूल्यांकन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एकचौथाइ सदस्य पनि उपस्थित थिएनन् ।
तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या यकिन गर्दा ५० जना सांसद मात्रै देखिए । संविधानको धारा ९४ अनुसार प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न आवश्यक एकचौथाइ अर्थात् ६९ सदस्य नपुगेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीका बाँकी कार्यक्रम सूचीबाट हटाएर सोमबारलाई बैठक सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)