हाजिर नगराउने स्थानीय तहको खाता रोक्का गर्न प्रस्ताव
gorkhapatraonline.com · Tue Jun 23 03:57:50 GMT 2026

सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानुनी व्यवस्था गर्ने तयारी गरेको छ । सरकारले स्थानीय तहको काम र कारबाही गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाइए सम्बन्धित मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले त्यस्ता गाउँपालिका तथा नगरपालिकाको खाता रोक्का गर्न सक्ने गरी कानुुनी व्यवस्थाका लागि प्रस्ताव गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि सार्वजनिक गरिएको विधेयकको मसौदामा सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए खाता रोक्का गर्न सकिने व्यवस्थाको प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं
मधेस प्रदेश