‘महाराजधिराज’ मा पूजना प्रधानको इन्ट्री, स्टारकास्ट झन् भव्य
kalakarmi.com · Tue Jun 23 03:56:04 GMT 2026

काठमाडौं- फिल्म ‘महाराजधिराज’ मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । फिल्म छायांकनको मध्यतिर उनी यो फिल्ममा अनुबन्ध भएकी हुन् ।
सोमवार ‘महाराजधिराज’को ३३ औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो फिल्ममा अनुबन्ध गरेको जानकारी दिएको हो । ‘हामी एक अब्बल कलाकारको खोजीमा थियौँ । त्यसैले पूजनालाई हामीले अनुबन्ध गराएका छौँ,’ ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले भने, ‘उहाँको प्रवेशले हाम्रो टिम थप सशक्त बनेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
काठमाडौँ