कांग्रेस सभापति थापा झापामा
setopati.com · Tue Jun 23 03:56:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापा झापा पुगेका छन्।
'जिल्लास्तरीय बृहत भेला' मा सहभागी हुन सभापति थापा आज झापा पुगेका हुन्।
उनलाई भद्रपुर विमानस्थलमा नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए।
सभापति थापासँगै सचेतक निश्कल राईलगायत नेताहरू पनि झापा पुगेका छन्। उपसभापति विश्वप्रकाश शर्मा केही समयदेखि झापामै छन्।
उपसभापति शर्मा पनि बिर्तामोडमा आज हुने कार्यक्रममा सहभागी हुने कांग्रेसले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)