घाँगी भिरबाट धुँवा निस्किएपछि विज्ञ टोली आउँदै
gorkhapatraonline.com · Tue Sep 15 03:11:39 GMT 2026

नवलपुरको हुप्सेकोट गाउँपालिका–६ पेलेगास्थित घाँगी भिरबाट निरन्तर बारुदजस्तो गन्ध आउने धुँवा निस्कन थालेपछि त्यसको अध्ययन गर्न सरकारी विज्ञ टोली आउने भएको छ। खानी तथा भूगर्भ विभागका विज्ञ प्रकाश लुइटेलको नेतृत्वमा मङ्गलबार अध्ययन टोली नवलपुर आउन लागेको हो। अध्ययन टोलीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को टोलीसमेत सहभागी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ।
सोमबार काठमाडौँको लाजिम्पाटस्थित धौवादी फलामखानी र खानी तथा भूगर्भ विभागमा नवलपुरका सांसद मनीष खनाल र राजन गौतमको टोली पुगेर धौवादी फलामखानी नजिकको पहाडबाट निस्किरहेको धुँवाको मुस्लोबारे जानकारी गराएको थियो। सोहीअनुसार विज्ञ टोली नवलपुर आउन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)