मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्थानीय तह धमाधम आउँदै पालिकाको बजेट

gorkhapatraonline.com · Tue Jun 23 04:07:04 GMT 2026

पाख्रीबास, असार ९ गते । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ८६ लाख २३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १८ औँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यव्रmममा आधारित भएर उपप्रमुख भीमादेवी खनालले सभामा बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपियाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपियाँ विनियोजन भएको छ ।

नगरपालिकाको मुख्य आयस्रोत सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट रहेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १२ करोड ९९ लाख रुपियाँ, ससर्त अनुदान ३४ करोड ९२ लाख रुपियाँ, विशेष अनुदान एक करोड तथा समपूरक अनुदान एक करोड ३० लाख रुपियाँ रहेको छ ।

प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड २१ लाख १२ हजार रुपियाँ, ससर्त अनुदान एक करोड ८६ लाख छ हजार रुपियाँ र समपूरक अनुदान ८० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटमा सङ्घीय राजस्व बाँडफाँटबाट १० करोड एघार लाख ७७ हजार रुपियाँ, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड पाँच लाख ८६ हजार ११५ रुपियाँ तथा स्थानीय राजस्व बाँडफाँटबाट ६५ लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाले आन्तरिक स्रोतबाट पनि उल्लेख्य आम्दानी गर्ने लक्ष्य राखेको छ । आन्तरिक स्रोततर्फ चालु र पुँजीगत गरी १० करोड छयासी लाख एकचालिस हजार ८८५ रुपियाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन प्रवर्धन, रोजगार सिर्जना तथा सामाजिक सुरक्षा कार्यव्रmमलाई प्राथमिकता दिइएको नगर उपप्रमुख खनालले बताउनुभयो । चालु खर्चको हिस्सा बढी भए पनि विकास निर्माण तथा पूर्वाधार विस्तारका लागि करिब १९ करोड ५३ लाख छयासी हजार ६८५ रुपियाँ पुँजीगत बजेट छुट्याइएको उहाँले बताउनुभयो ।

कटारीको बजेट सार्वजनिक

गाईघाट समाचारदाताका अनुसार उदयपुरको कटारी नगरपालिकाले आगामी आवको नीति कार्यव्रmम तथा बजेट सार्वजनिक गरेको छ । कटारी नगरपालिकाको सभा कक्षमा आयोजित नगर सभामा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले आगामी आव २०८३÷८४ का लागि कुल ९७ करोड ४६ लाख पाँच हजार ८५६ रुपियाँको बजेट तथा कार्यव्रmम सार्वजनिक गर्नुभएको हो ।

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर ल्याइएको बजेट कार्यान्वयनका लागि राजस्व र रोयल्टी बाँडफाँटबाट १८ करोड ८४ लाख ६१ हजार, राजस्व बाँडफाँट प्रदेश एक करोड ६७ लाख ९१ हजार ८५६ र सङ्घीय सरकारको वित्तीय सामानीकरण अनुदानबाट १२ करोड ४२ लाख रुपियाँको स्रोत सुनिश्चित गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रदेश सरकारको वित्तीय समानीकरण अनुदानबाट एक करोड नौ लाख ३४ हजार, सङ्घीय सरकारको ससर्त अनुदान ४५ करोड १२ लाख, समपूरक अनुदान एक करोड ५६ लाख र विशेष अनुदान एक करोड ८० लाख रुपियाँको स्रोत सुनिश्चित गरिएको छ ।

प्रदेश सरकारको ससर्त अनुदान तीन करोड २७ लाख ५९ हजार, समपूरक अनुदान ८० लाख, आन्तरिक आम्दानी सात करोड, स्थानीय राजस्व बाँडफाँट मालपोतबाट दुई करोड ५२ लाख रुपियाँ गत वर्षको मौज्दात रकम एक करोड रुपियाँ रहेको छ ।

सिदिङ्वाको बजेट

ताप्लेजुङ समाचारदाताका अनुसार सिदिङ्वा गाउँपालिकाले गाउँ सभा तथा अधिवेशनमार्फत आगामी आव २०८३/८४ का लागि ५३ करोड आठ लाख २६ हजार रुपियाँको बजेट ल्याएको छ । उक्त कुल बजेटमध्ये आन्तरिक स्रोतका रूपमा आन्तरिक आयतर्फ बैङ्क मौज्दातसहित आठ करोड ९४ लाख १३ हजार १०५ रुपियाँ रहेको छ ।

सङ्घीय वित्तीय समानीकरणतर्फ १० करोड ५१ लाख रुपियाँ, राजस्व बाँडफाँटतर्फ आठ करोड ५४ लाख दुई हजार रुपियाँ, प्रदेश वित्तीय समानीकरणतर्फ ९२ लाख ९४ हजार रुपियाँ रहेको छ । प्रदेश राजस्व बाँडफाँटतर्फ ६१ लाख ९३ हजार ८९५ रुपियाँ, रोयल्टी बाँडफाँट एक लाख ५० हजार रुपियाँ, स्थानीय राजस्व बाँडफाँट छ लाख रहेको उपाध्यक्ष कडरियाले जानकारी दिनुभयो ।

सङ्घीय ससर्त अनुदानतर्फ २० करोड ७४ लाख, नेपाल सरकार समपूरक अनुदान ८० लाख, सङ्घीय सरकार विशेष अनुदान एक करोड रुपियाँ र प्रदेश सरकार ससर्त अनुदान ९२ लाख ७३ हजार रुपियाँ रहेको छ । ताप्लेजुङका नौ स्थानीय तहमध्ये सिदिङ्वा गाउँपालिका आगामी आवको बजेट ल्याउने पहिलो पालिका बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)