मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा प्रवेश गरेका गुठीचौर गाउँपालिका अध्यक्ष बुढा पदमुक्त

kendrabindu.com · Tue Jun 23 04:05:48 GMT 2026

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा पदमुक्त भएका छन् । गत जेठमा नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका बुढा पदमुक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उनी गत जेठ महिनामा गुठीचौर–३ का वडाध्यक्ष इन्द्रबहादुर बुढासहित रास्वपामा प्रवेश गरेका थिए ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट लिएर तत्कालीन एकीकृत समाजवादीका प्रत्यासी जनक थकालीलाई एक सय ७५ मतले पराजित गरेका बुढाले २०७४ को स्थानीय तहको निर्वाचनमा ६ सय ७९ मत प्राप्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)