सन्दीप प्लेइङ ११ मा फर्किदा सागर बेन्चमा, दक्षिण अफ्रिकाले गरेन परिवर्तन
deshsanchar.com · Fri Jun 14 23:34:03 UTC 2024
काठमाडौं- टी-२० विश्वकप अन्तर्गत समूहरचणको तेस्रो खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले टोलीमा एक परिवर्तन गरेको छ। नेपाललको आजको खेलमा लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा रहँदा सागर ढकाल बेन्चमा रहेका छन्।
नेपाल आज दक्षिण अफ्रिका विरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। यसअघिनै दक्षिण अफ्रिका भने ३ खेलमा जित हासिल गर्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर आठमा प्रवेश गरीसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)