मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकले गरेको चोरी

nayapatrikadaily.com · Mon Dec 04 00:31:00 GMT 2023

धेरै पहिले एक सन्तले आफ्नो आश्रममा बालबालिकालाई ध्यान सिकाउने शिविर सञ्चालन गरेका थिए । शिविरमा थुप्रै बालबालिका सहभागी थिए । एक दिन कुनै बालकलाई चोरी गर्दैगर्दा समातियो । यो खबर आश्रम व्यवस्थापकले सन्तलाई सुनाए र ती बालकलाई कडाभन्दा कडा सजाय दिएर शिविरबाट निष्कासन गर्न अनुरोध गरे । तर, सन्तले उनीहरूको यस्तो उजुरीमाथि कुनै ध्यान दिएनन् । उनले ती बालकलाई निष्कासन गर्नु त परैको कुरो, साथीहरूसँगै शिविरमा सहभागी हुनबाट समेत रोक लगाएनन् । साथै, उनले बालकलाई आफूले उनले चोरी गरेको थाहा पाएको छनक लाग्नसम्म दिएनन् ।

पहिलो चोरीको घटना भएको केही दिनपछि तिनै बालक पुनः चोरी गर्दैगर्दा समातिए । यसपटक उनलाई सीधै सन्तसामु हाजिर गराइयो । तर, यसपटक पनि सन्तले सबैको अपेक्षाविपरीत बालकलाई कुनै सजाय सुनाएनन् । सन्तको यस्तो व्यवहार देख्दा शिविरमा सहभागी सबै बालक क्रुद्ध भए । उनीहरूले सन्तलाई एउटा सामूहिक पत्र लेखेर चोरी गर्ने बालकलाई शिविरबाट निष्कासन नगर्ने भए आफूहरूले शिविर छाड्ने चेतावनी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)