विश्वकप क्रिकेट : स्कटल्यान्डविरुद्ध अफगानिस्तानको सानदार जित
pahilopost.com · Mon Oct 25 17:29:40 GMT 2021
टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा स्कटल्यान्डलाई १३० रनले हराउँदै अफगानिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको हो।
टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० दशमलव २ ओभरमा अल आउट हुँदै ६० रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)