हालसम्म कुन–कुन टोली पुगे नकआउटमा, यी हुन् बाहिरिने टोली (समीकरणसहित)
nepalviews.com · Tue Jun 23 04:20:12 GMT 2026

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा भइरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिमतिर पुगेसँगै नकआउट चरण (राउन्ड अफ ३२) मा पुग्ने र बाहिरिने टोलीहरूको टुंगो लागेको छ।
विश्वकप इतिहासमै पहिलो पटक ४८ टोलीहरू सहभागी यस प्रतियोगितामा यसपटक 'राउन्ड अफ ३२' समावेश गरिएको छ। यो चरण जुन २८ देखि जुलाई ३ सम्म सञ्चालन हुनेछ।
यसपटक १२ वटा समूहका शीर्ष दुई टोलीहरू स्वतः नकआउट चरणमा प्रवेश गर्नेछन्। यसबाहेक, समूहमा तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट आठ टोलीले पनि अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गर्नेछन्।
फिफाले यसपटक समान अङ्क भएका टोलीहरूबीचको निर्णयका लागि गोलअन्तरभन्दा 'हेड–टु–हेड' लाई पहिलो प्राथमिकता दिएको छ। हेड-टु-हेड पनि बराबर भएमा मात्र समग्र गोलअन्तर, गोल संख्या, अनुशासन अङ्क (कार्ड) र फिफा वरीयतालाई आधार मानिनेछ।
हालसम्म अन्तिम ३२ (नकआउट) मा पुगेका टोलीहरू:
मेक्सिको (समूह 'ए'): सह-आयोजक मेक्सिको दक्षिण कोरियालाई १–० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ।
अमेरिका (समूह 'डी'): अर्को सह-आयोजक अमेरिकाले अष्ट्रेलियालाई २–० र पाराग्वेलाई ४–१ ले हराउँदै अन्तिम ३२ मा स्थान पक्का गरेको छ।
जर्मनी (समूह 'ई'): पहिलो खेलमा कुरासाओलाई ७–१ र दोस्रो खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै जर्मनीले नकआउटको टिकट काटेको हो।
अर्जेन्टिना (समूह 'जे'): साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले हराउँदै अघिल्लो चरण तय गर्यो। कप्तान लियोनल मेसीले दुई गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या १८ पुर्याएर नयाँ कीर्तिमान समेत बनाएका छन्।
फ्रान्स (समूह 'आई'): इराकलाई ३–० (किलियन एम्बाप्पेको दुई गोल) र सेनेगललाई ३–१ ले पाखा लगाउँदै फ्रान्स अन्तिम ३२ मा पुगेको छ।
नर्वे (समूह 'आई'): २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेले इराकलाई ४–१ र सेनेगललाई ३–२ ले हराउँदै एक खेल अगावै नकआउट चरणमा स्थान बनाएको छ।
विश्वकपको समूह चरणबाटै बाहिरिएका टोलीहरू:
हाइटी (समूह 'सी'): स्कटल्यान्डसँग १–० र ब्राजिलसँग ३–० ले पराजित भएसँगै हाइटी यस विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।
टर्की (समूह 'डी'): अष्ट्रेलियासँग २–० र १० खेलाडीमा सीमित पाराग्वेसँग १–० ले पराजित भएपछि टर्कीको यात्रा समूह चरणमै सकिएको छ।
ट्युनिसिया (समूह 'एफ'): जापानसँग ४–० र स्विडेनसँग ५–१ को भारी अन्तरले पराजित हुँदै ट्युनिसिया पनि प्रतियोगिताबाट बाहिरिएको छ।
विश्वकप २०२६ को आगामी खेल तालिका:
विश्वकप २०२६ को बाँकी तालिका
समूह चरण : जुन ११–२७
राउन्ड अफ: ३२ जुन २८–जुलाई ३
राउन्ड अफ: १६ जुलाई ४–७
क्वाटरफाइनलः जुलाई ९–११
सेमिफाइनलः जुलाई १४–१५
तेस्रो स्थानको खेलः जुलाई १८
फाइनलः जुलाई १९
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
फिफा