मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

ratopati.com · Tue Jun 23 04:25:50 GMT 2026

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीयलाई आत्मनिर्भर बनाउँदै कृषिमा आधारित आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले २१ वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार कार्यक्रमका लागि गाउँपालिकाबाट रु ३० लाख बजेट विनियोजन गरिएको छ भने कृषकहरूको तर्फबाट पनि बराबरको रु ३० लाख लागत साझेदारी गरिएको छ । यसरी कूल रु ६० लाखको लगानीमा कार्यक्रम कार्यान्वयन गरिएको उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय