दक्षिण अफ्रिकाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
annapurnapost.com · Fri Jun 14 23:42:14 UTC 2024
काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गरिरहेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)