गाडी दुर्घटना परेका स्वर्गद्वारीका उपप्रमुखको उद्धारमा समस्या
shilapatra.com · Sat Jun 27 13:19:00 GMT 2026

प्युठानको स्वर्गद्धारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगर सवार गाडी दुर्घटनामा परेको छ । स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा शनिबार बेलुकी पौने ५ बजेतिर उपप्रमुख मगर आफैँले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी– २ बाङ्गेसालमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
तर, यो समाचार तयार पार्दासम्म उपप्रमुख रानामगरको घटनास्थलबाट उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए । दुर्घटनाग्रस्त गाडी सडकदेखि करिब ४०० मिटर तल खसेको छ । अप्ठ्यारो भिरमा रुखमा अड्किएको गाडीमा च्यापिएका उपप्रमुख रानामगरको उद्धारमा समस्या भएको प्रहरी निरीक्षक ज्ञवालीले बताए । ‘उहाँ गाडीमा च्यापिएको अवस्थामा फेला परेको तथा कुनै पनि प्रतिक्रिया नदेखिएको (अचेत) भन्ने छ,’ प्रहरी निरीक्षक ज्ञवालीले भने, ‘उहाँलाई त्यहाँबाट निकाल्ने प्रयास जारी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)