मन्दिर पुनर्निर्माणमा समुदायको सक्रियता
gorkhapatraonline.com · Tue Sep 15 03:36:55 GMT 2026

सुदूरपश्चिम प्रदेशमा मन्दिर निर्माण र धार्मिक क्षेत्रको विकासका लागि सरकारी तहबाट बर्सेनि करोडौँका योजना बन्ने गरेका छन् तर बैतडीको जगन्नाथ मन्दिरको पुनर्निर्माणका लागि भने स्थानीय समुदाय आफैँ अग्रसर भएका छन् । मन्दिरको पुनर्निर्माणका लागि करिब एक करोड रुपियाँको लागत अनुमान तयार गरिएको छ ।
पुरातत्व विभागको सम्पदा सूचीमा रहेको दशरथ चन्द नगरपालिका–४, खलङ्गास्थित धार्मिक आस्थाको धरोहर जगन्नाथ मन्दिर पुनर्निर्माण गर्न चन्दा आह्वान गर्दा एक महिनामै २५ लाख ५० हजार रुपियाँ सहयोग जुटेको छ । समितिका सदस्य पुष्कर ठगुन्नाले मन्दिरको जीर्णोद्धार गर्न मूल्य अभिवृद्धि कर (भ्याट) सहित ९५ लाख २८ हजार १७६ रुपियाँको प्राविधिक लागत अनुमान तयार पारिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)